spot_img

शिक्षकहरूको सुतेर प्रदर्शन ,आधा घण्टा सडक अवरोध

spot_img
spot_img

काठमाडौ, २३ गते । शिक्षा ऐनको मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले आज राजधानीको नयाँ बबरमहल–बानेश्वर सडक खण्डमा सुतेर प्रदर्शन गरेका छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन अन्तर्गत आज शिक्षकहरूले नाराबाजीपछि सडकमै सुतेर आधा घण्टा प्रदर्शन गरेका हुन्। यसले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो ।

देशभरका शिक्षकहरू हाल काठमाडौंमा भेला भएर चरणबद्ध आन्दोलनमा संलग्न छन्। उनीहरूले शिक्षा क्षेत्रको सुधार र शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने माग गर्दै आएका छन् ।

शिक्षकहरूको मुख्य माग भनेको शिक्षा ऐन तत्काल जारी गर्नु हो। संसद अधिवेशन अन्त्य भइसकेको अवस्थामा उनीहरूले अध्यादेशमार्फत ऐन ल्याउन सरकारलाई दबाब दिएका छन् । यदि अध्यादेश सम्भव छैन भने बर्खे वा विशेष अधिवेशन बोलाएरै शिक्षा ऐन पारित गर्नुपर्ने उनीहरूको अडान छ।

यसैबीच, सरकारले पटक–पटक बोलाएको वार्तालाई पनि शिक्षक महासंघले “नतिजाविहीन” भन्दै बहिस्कार गरिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय