हङकङमा हुने टी-ट्वान्टी सिरिजका लागि १४ सदस्यीय टोली घोषणा

spot_img

काठमाडौँ, २३ चैत्र । नेपाल क्रिकेट संघ (क्यान) ले अप्रिल ९ देखि १३ सम्म हङकङमा हुने टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रोहित पौडेलको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

यस टोलीमा आशिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करन केसी, शहाब आलम, नन्दन झा, रिजन ढकाल र गुलसन झा परेका छन् ।

क्यानले अष्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक अस्टुअर्ट ललाईलाई पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ, जसका कारण आगामी सिरिजको तयारीमा टोलीलाई नयाँ मार्गदर्शन मिल्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय