काठमाडौं,२६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। उनले भने कि यदि चीनले अमेरिकी सामानमाथि लगाएको प्रतिशोधात्मक शुल्क फिर्ता नलिए, भने अमेरिका चीनमाथि थप भन्सार महसुल लागू गर्नेछ।


यसअघि, चीनले अमेरिकाबाट आयात गरिने सामानमाथि ३४ प्रतिशत अतिरिक्त शुल्क लगाउने घोषणा गरेको थियो। ट्रम्पको व्यापार नीतिका कारण हालै चीनको शेयर बजारमा गिरावट आएको छ, र यसले विश्वव्यापी शेयर बजारमा पनि उतार-चढाव ल्याएको छ।
यदि ट्रम्पको चेतावनी अनुसार थप भन्सार शुल्क लाग्यो भने, चीनबाट अमेरिकी बजारमा आउने केही सामानमा १०४ प्रतिशत कर लाग्ने सम्भावना छ। पत्रकारहरूसँगको संवादमा ट्रम्पले भने, “मको योजना भनेको विश्वव्यापी अतिरिक्त भन्सार शुल्कलाई रोक्ने छैन।”

यो व्यापार विवादले अमेरिका र चीन बीचको व्यापारिक तनावलाई अझ गहिरो बनाएको छ, जसले विश्व अर्थतन्त्रलाई प्रभावित पार्ने सम्भावना बढाएको छ।