जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई भगवान राम र लक्ष्मणको ज्ञान आर्जन गर्ने पवित्र स्थलको रूपमा व्याख्या गरेका छन्। मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१औं बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्वको चर्चा गरेका छन्।
प्रधानमन्त्री ओलीले मधेसलाई पुण्य, ध्यान र देवभूमि भनेर वर्णन गर्दै, यहाँका ऐतिहासिक र सांस्कृतिक धरोहरहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, मधेस सत्ययुगदेखि इतिहास बोकेको क्षेत्र हो, जहाँ न केवल भगवान राम, लक्ष्मणले ज्ञान आर्जन गरे, तर विभिन्न विद्वान, साहित्यकार र कविहरूको पनि जन्मभूमि रहेको छ।
“यो क्षेत्र अन्तर्राष्ट्रियस्तरमा परिचित छ र यहाँका सांस्कृतिक र ऐतिहासिक महत्वको चर्चा गर्नुपर्ने अत्यन्त आवश्यक छ,” प्रधानमन्त्री ओलीले भने।

