Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

विचार, बहस, विवाद र संघर्ष कम्युनिष्ट आन्दोलनको प्रमुख आधार : प्रचण्ड

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २६ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, बहस, विवाद र संघर्षलाई कम्युनिष्ट आन्दोलनको विकासको प्रमुख आधार भएको बताएका छन्। प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई र शुभकामना दिँदै उनले पार्टी एकता र वामपन्थी संघर्षको महत्त्वमा जोड दिए।

- Advertisement -

अध्यक्ष प्रचण्डले नेकपा (एमाले) सँगको पार्टी एकतालाई बचाउन नसकेको अनुभवलाई स्मरण गर्दै भने, “हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरूबीच एकता गरेको थियौँ। दुई तिहाइको नजिक पुग्दा पनि हामीले सरकारबाट प्रशंसा कमाउने काम सकेनौँ र पार्टी एकतालाई पनि बचाउन सकेनौँ। यसबाट शिक्षा लिनु पर्छ।” उनले कम्युनिष्ट एकता र वामपन्थी एकताको प्रयास निरन्तर जारी राख्ने योजना रहेको स्पष्ट गरे।

प्रचण्डले वामपन्थीहरूको एकतामा अझै पनि महत्व राख्ने दाबी गर्दै भने, “वामपन्थीहरूको दुई तिहाइ बहुमत अहिले पनि रहेको छ।” उनले विभाजन र आलोचनाका बाबजुत एकताको झण्डा नछोड्नुपर्नेमा जोड दिएका छन्, “हामी एकताको पक्षमा छौँ, र माक्र्सवादी सोचअनुसार एकता असम्भव भन्नु हुँदैन।”

ताजा समाचार

spot_img

थप समाचार