spot_img

बीरगन्ज महानगरमा वडा सदस्यहरूसँग कार्यवाहक नगर प्रमुख आलमको अन्तरक्रिया

spot_img
spot_img

बीरगन्ज,०६ असार । बीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूसँग सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया गरेका छन्। कार्यक्रममा महानगरको विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो।

अन्तरक्रियामा सहभागी वडा सदस्यहरूले आ–आफ्ना वडाका समस्या, आवश्यकता तथा विकास प्राथमिकताहरू प्रस्तुत गरेका थिए। उनीहरूले स्थानीय तहमा भइरहेको कामलाई अझ व्यवस्थित र जनमुखी बनाउन सुझावसमेत दिएका थिए।

कार्यक्रमका क्रममा महानगरभित्र सञ्चालन भइरहेका विकास योजनाहरूलाई समयमै सम्पन्न गर्ने, जनगुनासोको छिटो सम्बोधन गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने विषयमा विशेष छलफल भएको थियो।

कार्यवाहक नगर प्रमुख आलमले सहभागी जनप्रतिनिधिहरूलाई धन्यवाद दिँदै महानगरको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय तहमा जनसहभागिता र समन्वय बढाएर मात्रै प्रभावकारी विकास सम्भव हुने बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय