प्रधानमन्त्री ओलीद्धारा संविधान संशोधनको लागि राजनीतिक समिति बनाउने घोषणा

spot_img

जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै विद्यमान व्यवस्थालाई सबल बनाउन र सुशासन र विकासको लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाउने बताए।

प्रधानमन्त्री ओलीले भने, “समय र अनुभवको आधारमा संविधान संशोधन गर्ने उपयुक्त समय आउँदा राजनीतिक समिति बनाई काम गरिनेछ। सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नका लागि संविधान संशोधन आवश्यक छ।”

साथै उनले संविधान संशोधनको प्रक्रिया “प्याण्डोराका बाकस खोल्ने” जस्तो नगर्ने स्पष्ट पारे र भने, “हामी प्रगतिका लागि संविधान संशोधन गर्छौं, राजतन्त्र फिर्ता ल्याउने चाहना राख्नेहरूलाई भ्रमित गर्न दिइने छैन।”

प्रधानमन्त्री ओलीले भने, “गणतन्त्र हाम्रो वर्तमान र भविष्य हो, र यसलाई मजबुत बनाउन सबैको जिम्मेवारी हो।”

उनले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको संघर्षको परिणाम भएको र यसको रक्षा गर्नुपर्छ भन्नेमा जोड दिए। साथै, दुई छिमेकीसँग नेपालको राम्रो सम्बन्ध रहेको पनि बताए, “हमरा छिमेकीहरूसँग हाम्रो मित्रता अडिग छ, र सँगै सुतेपछि खुट्टा लाग्नु स्वाभाविक हो।”

spot_img

ताजा अपडेट

लोकप्रिय