तीनकुनेमा मारिएका सविनकी श्रीमतीलाई भाटभटेनीमा रोजगारी

spot_img

काठमाडौं,२६ चैत । तीनकुने घटनामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसा महर्जनलाई भाटभटेनी सुपरमार्केटले रोजगारी दिने भएको छ।

मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ कीर्तिपुरस्थित महर्जनको निवासमा पुगेका थिए। सो अवसरमा उनले भविसालाई भाटभटेनीमा कामको व्यवस्था गरिने र परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए।

त्यस्तै, घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई पनि पाँच लाख रुपैयाँ सहयोग गरिएको छ। अध्यक्ष गुरुङले दुबै परिवारको घरमै पुगेर चेक हस्तान्तरण गर्दै दुःखको समयमा साथ दिन आफूहरू तयार रहेको बताए।

गत चैत १५ गते राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंस्रक बनेपछि तीनकुनेमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। सो क्रममा सविन महर्जनको गोली लागेर र पत्रकार सुरेश रजकको आगोमा परेर मृत्यु भएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय