प्रधानमन्त्री ओलीद्धारा पणिनि सम्मेलन उद्घाटन

spot_img

काठमाडाैं, २७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ र यसमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता र नीतिनिर्माता लगायतका प्रख्यात व्यक्तिहरू सहभागी हुनेछन्।

सम्मेलनको प्रमुख उद्देश्य संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका बारेमा चर्चा र विमर्श गर्नु रहेको बताइएको छ।

कार्यक्रमको आयोजनामा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले महत्त्वपूर्ण भूमिका निभाएका छन्। उद्घाटन कार्यक्रमका क्रममा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए। पाणिनि सम्मेलनले संस्कृत भाषा र नेपालको प्राचीन सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा चित्रित गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय