मसानघाट पुगेको राजतन्त्र फर्कन नसक्ने रामकुमारी झाँक्रीकाे भनाई

spot_img

प्युठान, २७ चैत । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य र पूर्वमन्त्री रामकुमारी झाँक्रीले राजतन्त्रको भविष्यलाई असंभव बताउँदै यसको पुनःस्थापनाको कुनै सम्भावना नरहेको स्पष्ट पारेकी छन्। उनले मसानघाट पुगेको राजतन्त्र अब कुनै पनि हालतमा फर्कन नसक्ने टिप्पणी गरिन्।

प्युठानको १०औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै झाँक्रीले दुई दशक अगाडि मसानघाट पुगेको राजतन्त्रको पुनरागमनलाई असम्भव भनेकी हुन्। यस क्रममा उनले लामो समयसम्म म्यूजियममा राखिएको व्यक्तिको पक्षमा अहिले सडकमा आन्दोलन गर्न पर्ने अवस्थामा राजनीतिक दलका नेताहरूको कमजोरी रहेको बताइन्।

उनले लोकतान्त्रिक शक्तिहरूको नेतृत्व गर्ने दलका नेताहरूलाई समीक्षा गर्ने आवश्यकता औँल्याइन् र भने, “यदि नेताहरू सुधारिएनन् भने आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूको अवस्था दयनीय हुन सक्छ।” साथै, झाँक्रीले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारको बाढी आउन सक्ने पनि चेतावनी दिइन्।

झाँक्रीका अनुसार, “हामीसँग दुई मात्र विकल्प छन् — पहिलो सुध्रिने, र दोस्रो सक्किने। यदि दलका नेताहरूले समयअनुसार परिवर्तन गर्न नसके भने जनताले हामीलाई चड्कन हान्न सक्छन्।”

spot_img

ताजा अपडेट

लोकप्रिय