spot_img

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक रहेकाेमा प्रधानमन्त्री जाेड

spot_img
spot_img

काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो विश्व सुरक्षा परिवेशलाई ध्यानमा राख्दै नेपालको राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन सक्षम जनशक्ति उत्पादन अपरिहार्य भएको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज निरीक्षण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले राष्ट्रिय सुरक्षाका अतिरिक्त विपद् व्यवस्थापन र शान्तिसेनाको भूमिकामा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। “सैन्य सेवा मात्र नभई, मानवता र सहयोगको भावनासहित सेनाले गरेको काम राष्ट्रका लागि गौरवको विषय हो,” उनले उल्लेख गरे।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने पदिक तथा अधिकृत क्याडेटहरूलाई प्रधानमन्त्री ओलीले खुकुरी पुरस्कार प्रदान गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय