spot_img

लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन

spot_img
spot_img

काठमाडौं,१६ असार । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

वर्षौंदेखि आफूहरूले विभिन्न समस्या भोग्दै आएको भन्दै सुस्तावासीले सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा धर्ना सुरु गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, पहिचान र संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीले भारतीय सुरक्षाकर्मीबाट पटक–पटक दबाब, अवरोध र विभिन्न किसिमका समस्या झेल्नुपरेको गुनासो गर्दै त्यसको स्थायी समाधानका लागि सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

उनीहरूले वर्षौंदेखि आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाएको र नेपाली नागरिकताबाट समेत वञ्चित हुनुपरेको उल्लेख गर्दै तत्काल नागरिकता वितरण र जग्गाको स्वामित्व प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन्।

त्यसैगरी, सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन तथा भारतीय अतिक्रमण रोक्न सरकार गम्भीर बन्नुपर्ने उनीहरूको माग छ। सुस्तावासीले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई शान्तिपूर्ण रूपमा निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय