spot_img

प्रसौनीमा स्कुल बस र मोटरसाइकल दुर्घटना हुँदा चालकको अवस्था गम्भीर

spot_img
spot_img

बीरगन्ज,१६ असार । बाराको प्रसौनीस्थित पतञ्जली फ्याक्ट्री अगाडि कलैया–बीरगन्ज सडकखण्डमा मंगलबार स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

दुर्घटनापछि स्थानीयवासीले घाइते चालकको तत्काल उद्धार गरी अटोमार्फत उपचारका लागि नजिकको अस्पताल पठाएका छन्। प्रत्यक्षदर्शीका अनुसार दुर्घटना पतञ्जली फ्याक्ट्री अगाडिको सडकमा भएको हो। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घाइतेको परिचय, स्वास्थ्य अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय