spot_img

सिद्धार्थ राजमार्ग कारमा माथिबाट ढुंगा खस्यो

spot_img
spot_img

काठमाडाैं, ३० चैत्र । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डमा माथिबाट खसेको ढुंगा एउटा कारमा खसेको छ । सडक माथिबाट खसेको ढुंगा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कारमा लागेको हो ।तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिर नजिक कुहिरेभिर माथिबाट खसेको ढुंगा कारमा लागेको प्रहरीले जनाएको छ ।

बुटबलबाट पाल्पाको भैरवस्थानतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ००१ ज ०२७६ नम्बरको कारमा ढुंगा लागेको दोभान प्रहरी चौकीका सई हिराधर खनालले जानकारी दिए ।

कारमा रहेका यात्रु सकुसल रहेको खनालको भनाइ छ । शुक्रबार रातिदेखि बिहानसम्म यस क्षेत्रमा ठूलो वर्षा भएको थियो ।

अहिले यहा सुरुङमार्ग निर्माणको काम जारी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय