spot_img

भरतपुर अस्पतालद्धारा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

spot_img
spot_img

चितवन, ३० चैत । भरतपुर अस्पतालले वातावरण संरक्षणमा सक्रियता देखाउँदै प्लाष्टिकका झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। अस्पतालले फार्मेसीदेखि खाजाघरसम्म प्लाष्टिकमुक्त अभियान सुरु गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार अबदेखि अस्पतालको फार्मेसीबाट औषधि वितरण गर्दा कागजका झोला प्रयोग गरिनेछ। यस्तै, खाजाघरमा पनि प्लाष्टिकको सट्टा कागजका झोला नै दिने व्यवस्था गरिएको छ।

“पर्यावरणमैत्री अभ्यासको थालनी गरेका छौँ,” डा. पौडेलले भने, “प्लाष्टिकले वातावरणमा दीर्घकालीन असर पार्ने भएकाले हामीले यसको प्रयोगमा रोक लगाएका छौँ।”

अस्पतालले बिरामी भेट्न आउने आफन्तलाई समेत कागज वा कपडाका झोला प्रयोग गर्न अनुरोध गरेको छ। साथै, अस्पतालमा आयोजना हुने कुनै पनि कार्यक्रममा प्लाष्टिकजन्य सामग्रीको प्रयोग नगर्ने निर्णय लिइएको छ।

यस कदमलाई वातावरण संरक्षणका लागि महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय