spot_img

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकको सडक प्रदर्शन जारी

spot_img
spot_img

काठमाडौं, ३० चैत्र । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका शिक्षकहरूले शनिबार पनि सडकमा प्रदर्शन जारी राखेका छन्। गत चैत २० गतेदेखि निरन्तर विरोध गर्दै आएका शिक्षकहरू आज बबरमहल–बानेश्वर सडकखण्डमा धर्नामा बसेपछि सवारी आवागमन प्रभावित भएको छ।

‘माइतीघर मण्डलाबाट बबरमहल जाने पूरै सडकमा हामी बसेका छौं,’ आन्दोलनमा सहभागी शिक्षक पूर्ण ब्लोनले बताए, ‘सडक पूरै बन्द छ, सवारी साधन चल्न सकेका छैनन्।’

शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनसँगै सरकारले वार्ता प्रक्रियालाई पनि अघि बढाइरहेको छ। बिहीबार र शुक्रबार वार्ता भए पनि सहमति जुट्न नसकेको भन्दै शिक्षा मन्त्रालयका अधिकारीहरूले आज पुनः वार्ताको तयारी भइरहेको जनाएका छन्।

शिक्षकहरूको आन्दोलनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका मूल्यांकनसमेत प्रभावित बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय