राजा फर्काउनेहरूले देश बनाउन नसक्ने प्रधानमन्त्री ओलीको दाबी

spot_img

काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कुरा गर्ने नाममा राजतन्त्र फर्काउनेहरूलाई चर्को आलोचना गरेका छन्। शनिबार झापाको दमकमा नेकपा (एमाले) ले आयोजना गरेको जागरण सभामा बोल्दै उनले तीनकुनेमा भएको आगजनी र तोडफोड घटनालाई राजतन्त्र पुनर्स्थापनाको प्रयासको अंश भनेका छन्।

ओलीले सो कार्यक्रमलाई सम्बोधन गर्दै भने, “चैत १५ मा शान्तिपूर्ण सभा गर्छौं भनिए पनि आगजनी, लुटपाट र तोडफोड भएको थियो। रक्सीका बोतल चोर्ने, पसल लुट्ने, औषधि कारखानामा आगो लगाउनेहरूबाट देश बनाउने सपना देख्नु मूर्खता हो।”

उनले राजतन्त्र पुनःस्थापनाका पक्षधरहरूलाई ब्यङ्ग्य गर्दै भने, “राजा फर्काएर आफू प्रधानमन्त्री र मन्त्री बन्ने चाहनेहरूभन्दा पशुपतिको बाँदरलाई मन्त्री बनाए राम्रो हुन्छ।”

ओलीले जनतालाई भड्काएर राजनीतिक लाभ लिन खोज्नेहरूप्रति पनि कटाक्ष गर्दै भने, “रछ्यानमा पुगेको राजतन्त्रलाई फर्काउने सपना देखेर जनता झुक्याउन खोज्नेहरू सधैं असफल हुनेछन्।”

spot_img

ताजा अपडेट

लोकप्रिय