कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढे : युनिसेफ

spot_img

काठमाडाैं, ३० चैत्र । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा बालबालिकामाथि भइरहेको यौन हिंसाका घटनाहरू “डरलाग्दो” रूपमा वृद्धि भएको बताएको छ।

सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा जारी द्वन्द्वको बीचमा, औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको सिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ।

उक्त दुई महिनामा मात्र करिब १० हजार यौन हिंसासम्बन्धी घटनाहरू दर्ता भएका छन्, जसमा ३५–४५ प्रतिशत पीडितहरू बालबालिका रहेको प्रवक्ता जेम्स एल्डरले बताए।

“हामी छुट्टाछुट्टै केही घटनाको कुरा गरिरहेका छैनौं, यो त एक गम्भीर मानवअधिकार संकट हो,” एल्डरले भने, “कुनैकुनै पीडितहरू निकै साना छन्, र युद्धका क्रममा यौन हिंसालाई त्रास फैलाउने हतियारको रूपमा प्रयोग गरिएको देखिन्छ।”

उनले थपे, धेरै पीडितहरू डर, लाज वा असुरक्षाका कारण उजुरी गर्न नसकेको हुनसक्ने भन्दै हाल उपलब्ध तथ्याङ्क पूर्ण तस्बिर नहुनसक्ने बताए।

युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल र समन्वित रूपमा हस्तक्षेप गर्न आग्रह गर्दै पीडितका लागि न्याय, सुरक्षित उजुरी प्रणाली, र पीडितमैत्री सेवाको खाँचो रहेको उल्लेख गरेको छ। एजेन्सी

spot_img

ताजा अपडेट

लोकप्रिय