पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

spot_img

काठमाडौँ, ३० चैत्र । पानी तान्ने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर कैलाली र झापामा दुई जनाको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलबारीकी २५ वर्षीया विमला कुँवरको शुक्रबार दिउँसो आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भइ मृत्यु भएको हो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

त्यस्तै, झापाको कन्काई नगरपालिका–१ निवासी ६६ वर्षीय तारा बहादुर विश्वकर्मा शनिबार बिहान मोटरको तार मिलाउने क्रममा करेन्ट लागेर घाइते भए। बिर्तासिटी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय