बाढीले डाइभर्सन बगाउँदा नारायणघाट–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध

spot_img

नवलपुर, ३० चैत्र । विनयी खोलामा आकस्मिक रूपमा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसअघि नै दाउन्ने क्षेत्रमा बाक्लो धुलोमाथि पानी परेपछि यातायात प्रभावित भइरहेका बेला डाइभर्सन बगाउँदा झनै समस्या थपिएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, पुस २६ गते भारतीय हेभी ट्रक पास हुँदै गर्दा विनयी खोलाको पुरानो पुल भाँचिएको थियो। त्यसपछि अस्थायी रूपमा बनाइएको डाइभर्सन खोलाको बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।

ढकालले बताएअनुसार, अत्यावश्यक सवारीसाधनहरूलाई वैकल्पिक रूपमा होङ्सी सिमेन्टको बाटो प्रयोग गराएर आवतजावत गराइएको छ। तर जङ्गल हुँदै यात्रा गर्नुपर्दा यात्रुहरू पानी, खाजा र खानाको अभावमा परेको गुनासोसमेत बढेको छ।

प्रहरीले सामान्य बस र मालवाहक ट्रकहरूलाई बजार क्षेत्रमा रोकेको छ। दाउन्नेमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक विस्तारका कारण सवारी रोक लगाइने भएकाले यही समयमा डाइभर्सन मर्मतको काम हुने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय