यू-१९ विश्वकप छनोट: नेपालले यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै

spot_img

काठमाडौँ,३१ चैत । काठमाडौंको तल्लो मुलपानी मैदानमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपालले युएईविरुद्ध ब्याटिङ सुरु गरेको छ।

टसमा युएईका कप्तान पृथ्वी मधुले जित हात पार्दै पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रिएको हो। लगातारको वर्षापछि मैदान सुकाउने काममा समय लागेपछि खेल निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएको हो। मैदानको अवस्था हेरेर खेल ४० ओभरमा सीमित गरिएको छ।

यस एसिया छनोटमा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमान सहभागी छन्। प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने एक मात्र टिमले २०२६ मा हुने आईसीसी यू-१९ विश्वकपको टिकट पाउनेछ।

नेपालको यू-१९ टोली यस प्रकार छ:
नरेन भट्ट (कप्तान), निरज यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन विक, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव।

spot_img

ताजा अपडेट

लोकप्रिय