Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

spot_img

काठमाडौं,३१ चैत । हङकङमा जारी हङकङ टी२०आई सिरिजको उपाधि जित्नका लागि नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।

मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो । कुवेतले ब्याटिङमा सानदार सुरुवात गरेपनि नेपाली बलरहरुले उत्कृष्ट कमब्या गरेपछि स्कोरमा रोकियो ।

पावर प्लेमै ७१/१ रन बनाएको कुवेतले ९ ओभरमा १००–२ रन बनाएको थियो । नेपालले टी२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो । यसअघि १९औं एसियन गेम्समा भारतले नेपालविरुद्ध पावर प्लेमा ६३ रन जोडेको थियो ।

कुवेतको आक्रमक सुरुवात हेर्दा २०० रनको स्कोर हुने सम्भावना देखिएको थियो । तर नेपाली बलहरुले पुनरागमन गरे । कुवेतले अन्तिम ११ ओभरमा ७४ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले सर्वाधिक ६३ रन बनाए । उनले ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडे । मिट भवसारले ८ बलमा १६ रन बनाए ।

नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर तथा नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

क्लिन्टो अन्टोलाई पाँचौ ओभरमा आउट गर्दै कुवेतको ओपनिङ साझेदारी तोडेका नन्दनले सातौं ओभरमा मिभ भवसाराई आउट गर्दै व्यक्तिगत र टिमको लागि दोस्रो विकेट लिएका थिए ।

कुशल भुर्तेलले १२ औं ओभरमा उस्मान पटेललाई बोल्ड गर्दै नेपालला२ तेस्रो सफलता दिलाए । लगत्तै अर्को ओभरमा करण केसीले डेन्जरम्यान राजिभालाई आउट गर्दै खेल नेपालको पक्षतिर तानेका थिए ।

१५औं ओभरमा बिलाल ताहिर रनआउटको शिकार बनेपछि कुवेतले पाँचौ विकेट गुमायो । १७औं ओभरमा सोमपालले मुहम्मद उमरलाई बोल्ड गरे । सोमपालले नै १९औं ओभरमा यासिन पटेललाई आउट गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय