spot_img

युवाहरू स्वदेशमै व्यवसाय र रोजगारीतर्फ लाग्नुपर्छ : प्रधानमन्त्री ओली

spot_img
spot_img

झापा, ३१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरुलाई स्वदेशमै व्यवसायिकता र रोजगारीका अवसरहरूमा लाग्न आह्वान गरेका छन्।

आइतबार झापाको गौरादह नगर अस्पतालको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार रचनात्मक काममार्फत मुलुकको विकासमा अग्रसर रहेको बताए।

“देशको समृद्धिको ढोका खोलेको छौं। अब युवाहरू विदेश जानुको सट्टा यहीँ केही गर्ने मनसाय बनाऔं,” प्रधानमन्त्री ओलीले भने। उनले गौरादहमा बन्न लागेको अस्पतालले न केवल स्थानीयबासी, तर भारतका छिमेकी जनतालाई समेत सेवा दिन सक्ने विश्वास व्यक्त गरे।

सूचना तथा प्रविधिको उपयोगमार्फत सरकारले आधारभूत सेवा विस्तारमा सक्रिय रहेको उल्लेख गर्दै ओलीले अस्पतालको सेवा आवश्यकतानुसार थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

गौरादह नगरपालिका–१, चौतुचोकमा निर्माण हुन लागेको यो अस्पताल २ बिगाहा क्षेत्रफलमा निर्माण गरिनेछ। कुल लागत रु १२ करोड ५९ लाख ७९ हजार ४९६ रहेको सो परियोजना २०८३ माघ १४ भित्र सम्पन्न गर्ने लक्ष्यसहित जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय