करेन्ट लागेर दुई जनाको मृत्यु

spot_img

विराटनगर, ३१ चैत । छुटाछुटै स्थानमाझापा र इलाममा शनिबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। दुबै घटना घरेलु उपकरण प्रयोगको क्रममा भएको बताइएको छ।

झापाको कनकाई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्मा आफ्नै घरमा पानी तान्ने मोटरको तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए। उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी इलामको माई नगरपालिका–८ का ४६ वर्षीय मदनकुमार राई घरमा कोही नभएको बेला मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए।

प्रहरीले दुबै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय