अफगानिस्तानको दबदबा प्रदर्शन, ओमानविरुद्ध सजिलो जित

spot_img

काठमाडौं, ३१ चैत । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अफगानिस्तानले ओमानलाई सहजै पराजित गर्दै प्रतियोगितामा सशक्त प्रदर्शन गरेको छ।

आइतबार मुलपानी मैदानमा भएको खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको हो । ओमानले दिएको ९१ रनको लक्ष्य अफगानिस्तानले मात्र ११.१ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो।

खेलको मुख्य प्रदर्शनकर्ता खालिद अहमदजाई रहे, जसले सर्वाधिक ४० रनको योगदान दिए। उजाइरुल्लाह नियाजाइले २७ रन जोडे भने नाजिफुल्लाह अमिरी (११) र फैसल खान शिनोजादा (९ रन) अविजित रहे।

बलिङतर्फ अफगानिस्तानका हाफिजुल्लाह जद्रान, खातिर खान स्तानिकजाई, जियातुल्लाह शाहिन र महबुब खानले समान २–२ विकेट लिए, जबकि अब्दुल अजिज खानले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ३६.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९० रन जोड्न सक्यो। ओमानका प्रतिश हेमा रमेशले १७, जित ब्रजेश शाहले १५, र मेडागोडा रालालागेले १४ रन बनाए, अन्य ब्याटर दोहोरो अंकमै पुग्न सकेनन्।

अफगानिस्तानको यो जितले उनीहरूको विश्वकप छनोटको यात्रा थप सशक्त बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय