चारदेशीय टी–२० शृङ्खला : रोमाञ्चक फाइनलमा नेपाल ३ रनले पराजित

spot_img

काठमाडाैं,३१ चैत । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको रोमाञ्चक फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। कुवेतले दिएको १७५ रनको चुनौती पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा १७१ रनमै समेटियो।

नेपालका लागि बसिर अहमदले ८० रनको उत्कृष्ट इनिङ खेले भने नन्दन यादवले ३७ रन बनाए। ९२ रनमा ८ विकेट गुमाइसकेको अवस्थामा बसिर र नन्दनले नवौं विकेटका लागि ७२ रनको सशक्त साझेदारी गर्दै नेपालको आशा जगाएका थिए, तर अन्तिम क्षणमा विकेट गुमाउँदै नेपाल हार्न बाध्य भयो। कुवेतका अनुदीप चेन्थामाराले सर्वाधिक ३ विकेट लिए।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। रविजा सान्दरुवानले कुवेतका लागि ६३ रनको योगदान दिए। नेपालका सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए।

यस प्रतियोगितामा नेपाल लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो भने कुवेत दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको थियो।

यस्तै, तेस्रो स्थानका लागि भएको अर्को खेलमा हङकङले कतारलाई १ रनले हराउँदै सान्त्वना जित हासिल गरेको छ। हङकङको १८९ रनको लक्ष्य पछ्याउने क्रममा कतारले २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रनमात्रै बनाउन सक्यो।

spot_img

ताजा अपडेट

लोकप्रिय