आईपीएल क्रिकेटमा आज पञ्जाब र कोलकाता भिड्दै

spot_img

काठमाडौं,०२ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग ९क्रिकेट०मा आज पनि एक खेल मात्र हुँदैछ । आज पञ्जाब किङ्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।

खेल पञ्जाबको न्यू चण्डीगढस्थित मुल्लानपुर क्रिकेट स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

पञ्जाबले हालसम्म ५ खेल खेल्दा ३ जित निकालेको छ भने कोलकाताले एक खेल बढी खेल्द समान ३ जित निकालेको छ ।
पञ्जाबले गत खेलमा सनराइजर्स हैदराबादविरुद्ध २४५ रन बनाएपनि अभिषेक शर्माको शानदार ब्याटिङमा हैदराबादले लक्ष्य पूरा गर्दै खेल जितेको थियो ।

कोलकाताले भने अ३िल्लो खेलमा चेन्नई सुपर किङ्समाथि ८ विकेटको जित निकालेर आएको छ । दुवै टोली आज चौथो जितको खोजीमा हुनेछन् ।

अंकतालिकामा समान ६ अंक भएपनि नेट रनरेट केही बढी भएको कोलकाता पाँचौं तथा पञ्जाब छैटौं स्थानमा छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय