हार्वर्डसँग ट्रम्पको टकराव चर्कियो, कर छुट खारेज गर्ने चेतावनी

spot_img

काठमाडौं, ३ वैशाख ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हार्वर्ड युनिभर्सिटीबीचको विवाद चर्किदै गएको छ। ट्रम्प प्रशासनले हार्वर्डलाई दिइँदै आएको दुई अर्ब डलर सहायता कोष रोकेपछि अब कर छुट समेत फिर्ता लिने चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै भनेका छन्, “हार्वर्ड युनिभर्सिटीले एक राजनीतिक इकाइ जस्तै व्यवहार गरिरहेको छ, त्यसैले उसले कर छुटको दर्जा त्याग्नुपर्छ।”

ह्वाइट हाउसले गत साता युनिभर्सिटी प्रशासन र भर्ना प्रक्रियामा परिवर्तनसहित यहुदी विरोधी गतिविधिका विरुद्ध कदम चाल्न आग्रह गर्दै सुझावसहितको सूची पठाएको थियो। तर, युनिभर्सिटीले ती मागहरू पुरा गर्न नसकिने भन्दै असहमति जनाएको थियो।

युनिभर्सिटीले ह्वाइट हाउसले शैक्षिक स्वतन्त्रता दबाउन खोजेको आरोप लगाउँदै, आफ्नो निर्णयमा अडिग रहेको जनाएको छ।

ट्रम्पको नयाँ चेतावनीपछि हार्वर्डको वित्तीय स्वतन्त्रता र कर छुटसम्बन्धी विषयमा थप बहस सुरु हुने देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय