शिक्षक आन्दोलन कायमै, विधेयक पारित नहुँदासम्म नफर्किने अडान

spot_img

काठमाडौं, ३ वैशाख । सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न संसद अधिवेशन बोलाउने निर्णय गरे पनि शिक्षकहरूले आन्दोलन नरोकिने अडान दोहोर्‍याएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलनरत शिक्षकहरूले विधेयक पारित नभएसम्म कार्यस्थलमा नफर्किने बताएका हुन्।

बुधबार पनि शिक्षकहरूले माइतिघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै आक्रोश प्रकट गरे। उनीहरूले शिक्षा ऐनको प्रतिबद्धता कार्यान्वयन नहुन्जेलसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।

मंगलबार राति बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्दै विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने निर्णय गरेको थियो। बैठकले एसईई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा नजिकिएको अवस्थामा आन्दोलन स्थगन गर्न आग्रहसमेत गरेको थियो।

तर महासंघले आन्दोलन तत्काल रोकिने अवस्था नरहेको बताउँदै संसदबाट विधेयक पारित भएपछि मात्र शिक्षकमात्र होइन, सम्पूर्ण शिक्षा क्षेत्र सन्तुष्ट हुने जनाएको छ।

शिक्षकहरूको निरन्तरको आन्दोलनले मुलुकभरका विद्यालयमा शैक्षिक गतिविधि ठप्प छन्। विद्यार्थी भर्ना अभियानदेखि परीक्षासम्मका सम्पूर्ण कार्यक्रम प्रभावित बनेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय