काठमाडौं, ४ वैशाख । काठमाडौंको कुलेश्वरस्थित एक मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ। बिहीबार बिहान काठमाडौं महानगरपालिका–१४ अन्तर्गत मन्दिरको भित्री गल्लीमा अन्दाजी ५५–५६ वर्षका पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मृतकको नाम, थर र स्थायी वतन अहिलेसम्म खुल्न सकेको छैन।
शवको प्रकृति, घटनास्थलको अवस्था र अन्य सम्भावित कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटना रहस्यमय देखिएकाले विस्तृत विवरण आउन बाँकी छ।

