पनौतीको पार्कमा एक महिला मृत फेला

spot_img

काठमाडौं, ४ वैशाख । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित एक सार्वजनिक पार्कमा एक महिलाको शव फेला परेको छ।

बुधबार अन्दाजी ३५–३६ वर्षकी देखिने महिलाको शव पार्कमा रहेको फलामको बेन्चमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार मृतकको नाम, थर र वतन हालसम्म नखुलेको र घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

शव सार्वजनिक स्थानमै फेला परेकाले घटनालाई गम्भीरतापूर्वक लिइएको र प्रारम्भिक अनुसन्धानपछि मात्रै थप विवरण आउन सक्ने प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय