spot_img

कवाडी संकलन केन्द्रमा महानगरको डोजर,ढुंगामुढा गर्ने २ जना पक्राउ

spot_img
spot_img

काठमाडौं, ४ वैशाख । काठमाडौं महानगरपालिकाले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेका अवैध कवाडी संकलन केन्द्रहरू हटाएको छ।

महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आवासीय क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित कवाडी संकलन केन्द्रहरू पटक–पटक सूचना दिँदा पनि अटेर गरेपछि बिहीबार डोजर प्रयोग गरेर हटाइएको हो।

कारबाहीका क्रममा महानगरले दर्जनौं नगर प्रहरी बल र डोजरसहितको टोली परिचालन गरेको थियो।

तर डोजर चलाउँदा दुई जना मजदुरले विरोधस्वरूप ढुंगामुढा गरेका थिए। ढुंगा लागेर डोजरको सिसा फुटेको र ढुंगामुढा गर्नेलाई तत्काल नियन्त्रणमा लिइएको अर्यालले जानकारी दिए।

महानगरपालिकाले यसअघि पनि अव्यवस्थित संरचना हटाउने अभियान सञ्चालन गर्दै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय