spot_img

द्वन्द्वकालीन अपराधमा माफी सम्भव नभएकाे प्रधानमन्त्री ओलीकाे

spot_img
spot_img

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पारेका छन्।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौं राष्ट्रिय महाधिवेशनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बेला आएको भन्दै, पीडितलाई न्याय दिनेगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगले काम गर्नुपर्नेमा जोड दिए।

“अब अधिनायकवादको समय सकिएको छ। लोकतन्त्रमा हामीले निर्वाचन जितेर काम गर्न पाएका छौं,” उनले भने, “तर प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रका कारण हामीलाई विस्थापित गरियो। अहिले संयुक्त सरकारको रूपमा काम गरिरहेका छौं।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई जोगाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै कुनै पनि हत्या, हिंसा वा अराजक गतिविधि स्वीकार्य नहुने बताए। उनले देशको सिमाना संरक्षण, राष्ट्रिय स्वाभिमान, र सभ्य समाजको निर्माणप्रति एमाले प्रतिबद्ध रहेको उल्लेख गरे।

“हामी सिंगो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौं,” ओलीले भने, “भूतपूर्व सैनिक तथा प्रहरी संगठनजस्ता संरचनाले देश र पार्टीप्रतिको विश्वास अझ बलियो बनाउनु आवश्यक छ।”

प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते ‘लोकतन्त्र दिवस’को अवसरमा एमालेले युवाहरूको सम्मेलन आयोजना गर्ने र लोकतन्त्र र विकासको पक्षमा उत्सव मनाउने घोषणा पनि गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय