संविधान र लोकतान्त्रिक व्यवस्थाको सुरक्षा राज्यको प्रमुख दायित्व : गृहमन्त्री

spot_img

काठमाडौं, ५ वैशाख । गृहमन्त्री रमेश लेखकले संविधान र लोकतान्त्रिक व्यवस्थाको सुरक्षा राज्यको प्रमुख दायित्व भएको बताएका छन्।

शुक्रबार पोखरामा आयोजित प्रादेशिक आपतकालीन गोदाम हस्तान्तरण कार्यक्रममा बोल्दै उनले संविधानमाथि प्रहार गर्नेलाई कुनै हालतमा क्षमा नहुने स्पष्ट पारे।

“पूर्वराजा वा कुनै समूहका नाममा संविधान विरोधी गतिविधि गर्नु अक्षम्य छ,” गृहमन्त्री लेखकले भने, “यो संविधान ठूलो बलिदानपछि बनेको हो, यसको रक्षा गर्नु हाम्रो पहिलो जिम्मेवारी हो।”

संविधानमा साना संशोधन सम्भव भए पनि त्यसको आधार लोकतान्त्रिक सिद्धान्त र सहमति हुने उनले बताए। “हामी संविधानमा आवश्यक परे संशोधन गर्छौं, तर कुनै पनि हालतमा यो व्यवस्था पश्चगामी हुन सक्दैन,” गृहमन्त्री लेखकले जोड दिए।

उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

spot_img

ताजा अपडेट

लोकप्रिय