spot_img

वीरगंजको सिमावर्ती शहर रक्सौलको सिर्सिया गाउँमा संचालित अबैध हतियार उद्योगमा प्रहरीको छापा, गोलीगठ्ठासहित चार जना नियन्त्रणमा

spot_img
spot_img

वीरगञ्ज, ५ बैशाख — वीरगञ्ज नजिकको भारतीय सिमावर्ती क्षेत्र रक्सौल छेउको सिरिसिया गाउँस्थित एक पोल्ट्री फार्ममा लुकेर सञ्चालन गरिएको अवैध हतियार कारखानामा भारतीय प्रहरीले छापा मारी ठूलो परिमाणमा हतियार र गोलीगठ्ठा बरामद गरेको छ। उक्त अवैध कारखानासँग सम्बन्धित चार जना व्यक्तिहरू पक्राउ परेका छन्।

मोतिहारीका प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातको निर्देशनमा एसडीपीओ धिरेन्द्र कुमारको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान पलनवा थाना अन्तर्गत पर्ने सिरिसिया गाउँस्थित उक्त फार्ममा छापा मारेको हो। पोल्ट्री फार्मको आडमा लुकाइएका हतियार निर्माणका सामाग्रीसहित कारखाना भेटिएको भारतीय प्रहरीले जनाएको छ।

करीब १२ घण्टासम्म निरन्तर चलाइएको उक्त अपरेशनमा प्रहरीले १ थान देशी कार्बाइन, ३ थान देवी पेस्तोल, ९ एमएमका ४३ थान गोली, ३.५ बोरका ३१ गोली, ७.६२ बोरका ९ गोली, २ वटा खोका, १ थान सिक्सर पेस्तोल, ६ थान अधबनाइएका पेस्तोलका बडी, १९ थान स्लाइडिङ पार्ट, २० थान म्यागजिन, ६ थान स्प्रिङ, १०५ थान नेम पञ्चिङ प्लेट, ३ थान ड्रिल मेसिन, १ थान वेल्डिङ मेसिन, र १ थान तरवार बरामद गरेको हो।

प्रहरीका अनुसार यो कारखाना चलाउने मुख्य व्यक्ति पंकज सिंह र उनका पिता राजेश्वर सिंहलाई प्रारम्भिक रुपमा नियन्त्रणमा लिइएको थियो। उनीहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गर्दै छपराबाट अभिताभ शर्मा र मुंगेरबाट नौयर आलमलाई पनि पक्राउ गरेको एसपी प्रभातले जानकारी दिएका छन्।

छापामारी टोलीमा एसडीपीओ कुमार, पलनवा थाना प्रमुख सीता केवट, भेलाही थाना प्रमुख शाहरुख, रामगढवा थाना प्रमुख अमरजीत कुमार, र छपराको परसवा थाना प्रमुख सुनील कुमारसहितको टोली सहभागी थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय