Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको सडक आन्दोलनलाई ‘रमिता’को संज्ञा दिँदै आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत झाँक्रीले शिक्षकहरू आन्दोलनमा संवादबिना एकपक्षीय रूपमा अडिग रहेको आरोप लगाएकी हुन्।

- Advertisement -

“अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो,” भनी झाँक्रीले लेखेकी छन्। उनले आफूले शिक्षक आन्दोलन नजिकबाट हेरेको र संवाद स्थापित गर्न प्रयास गरे पनि शिक्षक पक्ष संवादमै आउन नचाहेको बताइन्।

पूर्व विद्यार्थी नेतृसमेत रहेकी झाँक्रीले प्रश्न गरेकी छन्, “के शिक्षा ऐन सडकबाटै पास हुने हो?” उनले संसदीय प्रक्रिया अनुसार विधेयक पारित हुने बताएर आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई संवैधानिक प्रक्रिया विश्वास गर्न आग्रह गरेकी छन्।

- Advertisement -

झाँक्रीले भनिन्, “राज्यको तलव खाने शिक्षकहरूले विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योलमा पार्न मिल्छ? BLE को रिजल्ट शून्य भएको विद्यालयको चिन्ता नगरी ऐन पास नभएसम्म पठनपाठन नगर्ने अडान उपयुक्त हो?”

उनले शिक्षा ऐन संसदको समिति चरणमा दफा अनुसार छलफलमा रहेको उल्लेख गर्दै संशोधनसहित पास हुने प्रक्रिया अघि बढेको बताइन्। सरकारको प्रतिबद्धता अनुसार यही संसदीय अधिवेशनमै ऐन पारित हुने भएकाले शिक्षकहरूले अब विद्यालय फर्कनु उचित हुने झाँक्रीको भनाइ छ।

साथै उनले आन्दोलनमा ऐक्यवद्धता देखाइरहेका नेताहरूलाई पनि ‘रमिता’ नगर्न आग्रह गर्दै भनेकी छन्, “बल र कोर्ट दुबै तपाईंको खुट्टामा छ।”

ताजा समाचार

spot_img

थप समाचार