Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

सर्लाहीमा नागरिकताको प्रतिलिपि बनाउन १५–२० दिन कुर्नुपर्ने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,०६ चैत । राज्यको नीति अनुसार सहज, सरल र छिटोछरितो सेवा प्रवाह गर्ने भनिए पनि मलंगवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकताको प्रतिलिपि बनाउनका लागि अत्यधिक समय लाग्ने सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

- Advertisement -

मलंगवाबाट पश्चिम र पूर्वका विभिन्न स्थानीय तहका नागरिकहरू नागरिकताको प्रतिलिपिका लागि कार्यालय धाउँदा कम्तीमा १५ देखि २० दिनसम्म पर्खनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूले जनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै स्थानीय उदयकान्त मिश्रले लेखेका छन्, “यो दृश्य जिल्ला प्रशासन कार्यालय सर्लाहीको हो । २०५८/०५९ सालमा माओवादी द्वन्द्वका क्रममा माओवादीले आगजनी गरी सरकारी कागजातहरू नष्ट गरेपछि आजसम्म आम जनताले ठूलो दुख बेहोर्दै आएका छन् ।”

- Advertisement -

उनले थप्दै भनेका छन्, “त्यस समयमा कागजात नष्ट भएपछि हरिवन र बरहथवा इलाका प्रशासन कार्यालयहरूबाट सहज रूपमा सेवा प्रवाह भइरहेको देखिए पनि दक्षिणी भेगका पालिकाका नागरिकहरूले मलंगवामा प्रतिलिपि बनाउन जाँदा अनावश्यक रूपमा दिनहुँ कार्यालय धाउनुपर्ने र १५ देखि २० दिन कुर्नुपर्ने बाध्यता छ ।”

मिश्रले इलाका प्रशासन कार्यालयहरू विस्तार गरी पश्चिममा बलरा र पूर्वमा हरिपूर्वामा प्रशासनिक सेवा केन्द्र स्थापनाको आवश्यकता रहेको समेत औँल्याएका छन् ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।

ताजा समाचार

spot_img

थप समाचार