रौतहट,०६ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले बालचनपुरचोक नजिक पश्चिम किनारबाट २ युवक पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए।
निलो रंगको अपाचे मोटरसाइकलसहित शंकास्पद अवस्थामा बसेको स्थानबाट जिल्लाको गरूडा नगरपालिका-४ का २० वर्षीय आशुतोष कुमार साह र सोही स्थानका १९ वर्षीय जयराम साह कलवार भारतीय नम्बरको बि आर ३० ए ८०३३ नम्बरको टिभीएस कम्पनीको १६० सीसीको मोटरसाइकलसहित पक्राउ परेको प्रमुख राईले बताए।
मोटरसाइकलको सवारी दर्ता, भन्सार समेतका कागजातहरू नभएको कारण पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रमुख राईले जानकारी दिए।




