आज काठमाडौँमा राप्रपाको प्रदर्शनलाई हिंसात्मक हुन नदिन कडा सुरक्षाकाे व्यवस्था

spot_img

वीरगन्ज,०७ बैंशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन गर्दै छ । राप्रपाले आज काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिंहदरबार, संसद् भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रदर्शन शान्तिपूर्ण राख्ने र निषेधित क्षेत्र तोड्न नदिने बताएको छ । निषेधित क्षेत्रमा प्रवेशको प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारीमा प्रहरी रहेको छ भने चुनौतीपूर्ण रहेको सवारी व्यवस्थापनका लागि वैकल्पिक रुट तय गरिएको छ ।

यसबिच राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सरकारलाई उत्तेजित नहुन भनेको छ । सरकारले संयमता गुमाए आफूहरूले सामूहिक गिरफ्तारी दिने राप्रपाले जनाएको छ ।

यसअघि राप्रपाले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि शनिवार नै गृह मन्त्रालयले एक सूचना जारी गर्दै अराजकता सह्य नहुने उल्लेख गर्दै कारबाहीका लागि तयार रहन चेतावनी जारी गरेको थियो ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाले ज्यान गुमाउनु परेको थियो । घटनामा संलग्न भएको आरोपमा मुख्य आरोपी दुर्गा प्रसाईँसहित राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र महामन्त्री धवल शमशेर जबरासहितका नेताहरू प्रहरी हिरासतमा छन् । पक्राउ परेकाहरूको रिहाइ, राजसंस्था पुनः स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राजावादीले प्रदर्शन गर्दै आएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय