मकवानपुरमा भीरबाट लडेर एकको मृत्यु, दुई घाइते

spot_img

हेटौंडा, ७ वैशाख । मकवानपुरको भीमफेदी गाउँपालिका–२ याङग्राङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ५० वर्षीय देवलसिंह बल तीन दिनदेखि बेपत्ता रहेकोमा पानीघाट डाँडाको शिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

प्रहरीका अनुसार, चालु आर्थिक वर्षको दस महिनामा मकवानपुरमा भीरबाट लडेर १४ जनाले ज्यान गुमाइसकेका छन्।

यता मकवानपुरगढी–८ बुढीचौरका ३५ वर्षीय आकाश थिङ घाँस काट्ने क्रममा रुखबाट खस्दा घाइते भएका छन्। निगल डाँडामा फलाटको रुख चढेर घाँस काट्ने क्रममा उनी खसेका हुन्। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, वकैया गाउँपालिका–५ राजदमारका ५० वर्षीय ज्ञानबहादुर स्याङतान शनिबार राति घरको बार्दलीबाट पिसाब गर्ने क्रममा लडेर घाइते भएका छन्। उनलाई पनि हेटौंडा अस्पतालमा भर्ना गरिएको छ।

प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार चालु आवमा मकवानपुरमा भीरबाट लडेर १७ जना घाइते भएका छन्। यस्तो घटनाको संख्या बढ्दै जानु चिन्ताको विषय बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय