८८ वर्षको उमेरमा पोप फ्रान्सिसको निधन

spot_img

काठमाडौं, ८ वैशाख । विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ । कार्डिनल केविन फेरेलले भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको निधन भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

फेरेलले आफ्नो घोषणामा भनेका छन्, ‘रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेरे । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो ।’

उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।

उनी अमेरिकी महादेश वा दक्षिणी गोलार्धबाट निर्वाचित हुने पहिलो पोप थिए । उनी सन्त पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट सदस्य पनि थिए ।

जेसुइटहरुलाई रोममा शंकाको दृष्टिले हेरिन्थ्यो । तर पोप फ्रान्सिस चर्च परम्परावादीहरुमाझ पनि लोकप्रिय थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय