पूर्वआईजीपी दुर्लभ कुमार थापाको निधन

spot_img

काठमाडौं, १० गैशाख ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयसम्म प्रहरी सेवामा समर्पित थापाको निधन मंगलबार भएको हो।

थापाले २०३५ सालमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालेका थिए। उनले प्रहरी संगठनको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

उनकै नेतृत्वमा निमित्त आईजीपी निवास, कमाण्डो तालिम, पर्यटक प्रहरी र प्रहरी पहरा गण स्थापना भएका थिए, जसले संगठनात्मक सुदृढीकरणमा नयाँ अध्यायको सुरुवात गर्‍यो।

सन् २०१३ मा थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय