Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

आतंकवादविरुद्ध भारत र नेपाल एकसाथ, मोदी–ओलीबीच टेलिफोन वार्ता

spot_img

काठमाडौं, १० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा संलग्नहरूलाई कानुनी कठघरामा ल्याइने बताएका छन्। मंगलबार भएको घटनामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली नागरिक सुदीप न्यौपानेको पनि ज्यान गएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्दै मोदीले आतंकवादविरुद्धको लडाइँमा भारत दृढ रहेको र दोषीलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मोदीले नेपालसँगको सहकार्यलाई पुनः पुष्टि गर्दै भनेका छन्, “आतंकवादविरुद्ध भारत र नेपाल एकै पंक्तिमा छन्।”

प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको जानकारी दिँदै शोक व्यक्त गरेका छन्। “मैले हमलामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल भारतसँग छ भनेर भनें,” ओलीले लेखेका छन्, “साथै, एक नेपाली नागरिकको निधनमा शोक व्यक्त गरेकामा प्रधानमन्त्री मोदीलाई धन्यवाद पनि दिएँ।”

पर्यटकीय क्षेत्र पहलगाममा भएको आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको ज्यान गएको थियो भने उनकी आमा गम्भीर घाइते भएकी छन्। यस घटनाले नेपालमा समेत चासो र दुःख व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय