Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

आतंकवादविरुद्ध भारत र नेपाल एकसाथ, मोदी–ओलीबीच टेलिफोन वार्ता

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा संलग्नहरूलाई कानुनी कठघरामा ल्याइने बताएका छन्। मंगलबार भएको घटनामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली नागरिक सुदीप न्यौपानेको पनि ज्यान गएको थियो।

- Advertisement -

प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्दै मोदीले आतंकवादविरुद्धको लडाइँमा भारत दृढ रहेको र दोषीलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मोदीले नेपालसँगको सहकार्यलाई पुनः पुष्टि गर्दै भनेका छन्, “आतंकवादविरुद्ध भारत र नेपाल एकै पंक्तिमा छन्।”

प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको जानकारी दिँदै शोक व्यक्त गरेका छन्। “मैले हमलामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल भारतसँग छ भनेर भनें,” ओलीले लेखेका छन्, “साथै, एक नेपाली नागरिकको निधनमा शोक व्यक्त गरेकामा प्रधानमन्त्री मोदीलाई धन्यवाद पनि दिएँ।”

- Advertisement -

पर्यटकीय क्षेत्र पहलगाममा भएको आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको ज्यान गएको थियो भने उनकी आमा गम्भीर घाइते भएकी छन्। यस घटनाले नेपालमा समेत चासो र दुःख व्यक्त गरिएको छ।

ताजा समाचार

spot_img

थप समाचार