spot_img

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

spot_img
spot_img

काठमाडौँ, १० वैशाख । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ।

वैशाख १७ गते बस्ने गरी आह्वान भएको बैठक अनिश्चित कालका स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै जानकारी दिए।

पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न गर्दै असन्तुष्टि बढिरहेका बेला सत्ता घटक कांग्रेसको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय