एमसीसी परियोजना बन्दगर्ने अमेरिकाको निर्णय, नेपालमा प्रभाव पर्ने सम्भावना

spot_img

काठमाडौं,११ वैशाख । अमेरिकाले विकासशील देशहरूलाई अनुदान सहायता दिँदै आएको चर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द गर्ने निर्णय गरेको छ। यो निर्णयले नेपाललगायत २० देशमा सञ्चालित परियोजनाहरूमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएन का अनुसार, परियोजना केही महिनाभित्रै पूर्ण रूपमा बन्द हुनेछ। डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी (DOGE) का प्रमुख एलन मस्कको पहलमा खर्च कटौती गर्न एमसीसी बन्द गर्ने निर्णय लिइएको जनाइएको छ।

एमसीसी परियोजनामा कार्यरत कर्मचारीलाई मंगलबार इमेलमार्फत सूचित गरिएको छ। केही कर्मचारीलाई मे ५ बाट प्रशासकीय बिदामा राखिने तयारी भइरहेको खबरमा उल्लेख छ।

नेपालमा सडक निर्माण र विद्युत प्रसारण लाइन विस्तारका काम एमसीसी अन्तर्गत एमसीए नेपाल मार्फत भइरहेको छ। तर यो परियोजना बन्द भएमा काम रोकिने वा ढिलाइ हुने प्रष्ट छ। सन् २००४ मा अमेरिकी कङ्ग्रेसले तत्कालीन राष्ट्रपति जर्ज डब्लु. बुशको कार्यकालमा एमसीसी स्थापना गरेको थियो। हालसम्म २० भन्दा बढी निम्न आय भएका देशहरूमा ५.४ अर्ब डलरभन्दा बढीको अनुदान दिइसकेको छ।

यद्यपि, आलोचकहरू एमसीसीलाई अमेरिकी सैन्य रणनीतिसँग जोडेर हेर्ने गर्छन्। नेपालमै पनि यसबारे लामो समय बहस र विवाद भइरहेकै थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय