spot_img

शशांक निवासमा चियापान कार्यक्रम, महाधिवेशनलाई लिएर छुट्टै समूहको छलफल

spot_img
spot_img

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस नेता शशांक कोइरालाले बुधबार आफ्नो महाराजगञ्जस्थित निवासमा चियापान कार्यक्रम आयोजना गरेका छन्। पार्टीका पूर्वपदाधिकारी र वरिष्ठ नेताहरुलाई निमन्त्रणा गरेर आयोजना गरिएको कार्यक्रममा आगामी महाधिवेशनलाई केन्द्रमा राखेर छलफल भएको छ।

चियापानको क्रममा नेता शशांक कोइरालासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार र प्रकाशशरण महतबीच छुट्टै बैठक बसेको थियो। उनीहरूले महाधिवेशनमा छुट्टै समूह बनाएर अघि बढ्ने सम्भावनाबारे छलफल गरेको स्रोतले जनाएको छ।

कार्यक्रममा एनपी साउद, दिलेन्द्र बडु, पुष्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत, गुरु बराल, नैन सिंह महर, राजीव ढुंगाना र शिव हुमागाईं लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो।
चियापानका क्रममा अधिकांश नेताहरू हल्का गफगाफमै रमाइरहेका बेला पूर्वपदाधिकारीहरूको बैठक भने गम्भीर राजनीतिक उद्देश्यसहितको देखिएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय