चीनले आज मानवयुक्त अन्तरिक्षयान प्रक्षेपण गर्दै

spot_img

बेइजिङ, ११ वैशाख । चीन आज नयाँ मानवयुक्त अन्तरिक्ष यान ‘शेन्जोउ–२०’ प्रक्षेपण गर्न तयारी अवस्थामा छ। अन्तरिक्ष यात्रीहरू तियाङ्गोङ अन्तरिक्ष स्टेशनतर्फको यात्राको अन्तिम तयारीमा छन्।

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अन्तर्गत यो मिशन उत्तर–पश्चिम गान्सुको जिउचुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिनेछ।
शेन्जोउ मिशन अन्तर्गत अन्तरिक्ष स्टेशनमा मानवसहितका मिसन र वैज्ञानिक उपकरण पठाउने, अनुसन्धान गर्ने तथा सुरक्षित रूपमा फर्काउने कार्य गरिन्छ।

यस प्रक्षेपणका लागि लङ मार्च–२ एफ रकेट प्रयोग गरिनेछ, भनी चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (CSMA) ले जानकारी दिएको छ।
शेन्जोउ–२० मा समावेश चालक दल अक्टोबर अन्त्यतिर डोङफेङ अवतरणस्थलमार्फत पृथ्वीमा फर्कने तालिका बनाइएको छ।

आजको दिन चीनका लागि विशेष अर्थ बोकेको दिन पनि हो — यो देशको दशौं ‘अन्तरिक्ष दिवस’ हो, जसको सुरुआत चीनले २०१६ मा गरेको थियो। सन् १९७० मा चीनको पहिलो उपग्रह ‘दोंगफाङहोङ–१’ को सफल प्रक्षेपणको सम्झनामा अप्रिल २४ लाई अन्तरिक्ष दिवसको रूपमा मनाइन्छ।

चीनले पछिल्ला वर्षहरूमा अन्तरिक्ष कार्यक्रममा अर्बौं डलरको लगानी गर्दै आएको छ, जसले चीनलाई अन्तरिक्ष विज्ञान र प्रविधिको अग्रपंक्तिमा पुर्याउने दाबी गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय