विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूको सडकमा रक्तदान

spot_img

काठमाडौं, ११ वैशाख । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २३ दिनदेखि आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीहरूले माइतीघर–नयाँबानेश्वर सडकखण्डमा रक्तदान गरेका छन्।नारा, गीत–सङ्गीत र जुलुससँगै अघि बढिरहेको आन्दोलनमा शिक्षकहरूले बुधबार सडकमै रक्तदान गरेर प्रदर्शनलाई फरक मोड दिएका हुन्।

चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सुरु भएको आन्दोलन तबसम्म नरोकिने घोषणा गरिएको छ, जबसम्म सरकारले विद्यालय शिक्षा ऐन जारी गर्दैन।

शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ। विद्यालय भर्ना प्रक्रिया र पठनपाठन ठप्प छ भने कक्षा १२ को परीक्षा वैशाख २१ मा सरेको छ।
त्यस्तै, एसइईको उत्तरपुस्तिका परीक्षणसमेत ढिलाइमा परेको छ।

आन्दोलनकारीहरूको भनाइ छ— “सरकारले अघिल्लो सम्झौता कार्यान्वयन नगरेसम्म हामी सडकबाट हट्दैनौं। शिक्षा ऐन ल्याएर हातमा नलगी घर फर्किन्नौं।”

spot_img

ताजा अपडेट

लोकप्रिय