Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि कुटपिट

spot_img

काठमाडौं,११ बैशाख । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ ।

उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ ।

ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडिओ काठमाडौं उपत्यकाकै रहेको जस्तो देखिन्छ । सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भिडिओ काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको हो ।

वरपर बाक्लो रुपमा मोटरसाइकल पनि देखिन्छन् । यो भिडिओ कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्नेबार यकिन भइसकेको छैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी बिनोद घिमिरेले पनि अहिलेसम्म कुटपिट गर्नेको पहिचान भइनसकेको बताए ।

‘काठमाडौंको जस्तो देखिए पनि यकिन भएको छैन । जाडोमा लगाउने युनिफर्म ज्याकेट लगाएकाले यो भिडिओ अहिलेको नभएर जाडोयामको हुनसक्छ,’ एसएसपी घिमिरेले भने, ‘यद्यपि भिडिओ सार्वजनिक भएपछि बुझ्ने काम भइरहेको छ ।’

spot_img

ताजा अपडेट

लोकप्रिय