काठमाडौं,१३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। इडेन गार्डेन्समा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
हालसम्म ८ खेल खेलेको पञ्जाब १० अंकसहित लिग तालिकाको पाँचौं स्थानमा छ भने, कोलकाताले समान ८ खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा आफूलाई जमाएको छ। दुवै टिमका लागि प्लेअफको सम्भावना बलियो बनाउने अवसरका रूपमा यो खेल हेरिएको छ।
यसैबीच, हिजो सम्पन्न खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ। चेन्नईका लागि भने यो सिजन निराशाजनक बन्दै गएको छ—९ खेलमध्ये ७ हारेसँगै उनीहरू ४ अंकसहित पुछारमा छन्।

